कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी गर्न आह्वान, १६ गते साँझसम्म समय
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश सभाका दलहरूलाई आह्वान गरेका छन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख खापुङले साउन १६ गते मंगलबार साँझ ५ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न समय दिइएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ।
सर्वोच्च अदालतले यसअघि मुख्यमन्त्री बनेका कांग्रेसका उद्धव थापाको नियुक्ति बदर गर्दै साउन १७ भित्रमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन आह्वान गर्न आदेश दिएको थियो।
प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनबारे आह्वान गरे पनि कामचलाउ मुख्यमन्त्री को भन्नेबारे केही बोलेको छैन।