प्रदेश एकको मुख्यमन्त्री आलोपालो एमाले र माओवादीले गर्ने सहमति
प्रदेश १ को मुख्यमन्त्री नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो बन्ने सहमति भएको छ । पहिलो चरणमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बन्ने भएका छन् भने दोस्रो कार्यकाल आफू मुख्यमन्त्री बन्ने माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आंबोले बताए ।
‘यस प्रदेशको मुख्यमन्त्री आलोपालो गर्ने सहमति भयो । पहिलो कार्यकाल एमालेले लिने दोस्रो हामीले लिने सहमति भयो । अरु मन्त्रीको भागवण्डा भोलि बेलुकासम्म टुंगो लगाउँछौं ’रातोपाटीसँग कुरा गर्दै आंबोले भने,‘आलोपालो मुख्यमन्त्री हुने सहमति भयो । मन्त्री हुन्न बाँकी २ वर्ष जति पार्टीकै काम गर्छु ।’
मुख्यमन्त्रीको भाबण्डा औपचारिक रुपमा भने आइतबार बेलुका मात्रै टुंगो लाग्ने बताएको छ ।