सुनकोशी गाउँपालिकाले ल्याएको सुनौलो अवसर
ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिकाले आँखा सम्बन्धि समस्य भएको बिरामीहरुलाई सुनौलो अवसर ल्याएको छ । सुनकोशी गाँउपालिकाका र नेपाल रेडक्रस सोसाइटी ओखलढुंगा शाखाको संयुक्त आयोजनामा हुन गइरहेको यस कार्यक्रम गाँउपालिकामा हुने भएको छ ।
मोतीविन्दु, स्केनिङ क्याम्प साथै आँखाको स्वास्थ्य परिक्षण, उपचार, शिविर सञ्चालन हुने भएकाले आँखा सम्बन्धिका सम्पुर्ण बिरामीहरु उपस्थित भई सेवा लिन भन्दै भदौ १७ गते गाउँपालिकाले सुचनाा प्रकाशित गरेको हो । यस कार्यक्रम यही भदौ २४ गते हुने भएको छ ।