युक्रेनका राष्ट्रपति : एक इन्च भूमि पनि छोड्दैनौं
क्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अरुलाई आफ्नो एक इन्च भूमि पनि नछोड्ने बताएका छन् ।
पृथकतावादीको नियन्त्रणमा रहेका दुई क्षेत्रलाई रुसले स्वतन्त्र राज्यको हैसियत दिँदै सेना पठाउने निर्णय गरेपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अरुलाई आफ्नो एक इन्च भूमि पनि नछोड्ने बताएका हुन् ।
जेलेन्स्कीले मंगलबार बिहानै टेलिभिजनमार्फत् राष्ट्रलाई सम्बोधन गर्दै पछिल्लो रुसी कदमबाट आफूहरू कत्ति पनि नडराएको र अरुलाई आफ्नो भूमि नछोड्ने बताएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
पृथकतावादीको नियन्त्रणमा रहेको डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिँदै सेना पठाउने रुसको कदमले शान्ति वार्ता अवरुद्ध हुने पनि जेलेन्स्कीको भनाइ थियो । तर आफूहरू शान्ति र कुटनीतिप्रति प्रतिबद्ध रहेको पनि उनले प्रस्ट पारेका छन् ।