भारतीय सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना, ४ जनाकाे मृत्यु
भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर बुधबार दुर्घटनामा परेको छ । टाइम्स अफ इन्डियाका अनुसार रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको हो ।
रावत कुनुरबाट वालिङ्टन जाँदै थिए । हेलिकप्टर भारतीय सेनाका अन्य उच्च अधिकारीहरू पनि रहेको बताइएको छ । दुर्घटनास्थलको भिडिओमा हेलिकप्टरमा आगलागी भएको देखिन्छ . इन्डिया टुडेले अहिलेसम्म चार जनाको शव फेला परेको र तीन जनाको उद्धार गरिएको जनाएको छ । घाइतेहरूको अवस्था गम्भीर छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।