एमसीसीलाई यथाशिघ्र संसदमा बहसको बिषय बनाइयोस् : सांसद अधिकारी
नेकपा एमाले सांसद खगराज अधिकारीले संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस हुनुपर्ने माग गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अधिकारीले कांग्रेस र माओवादीको संयुक्त सरकार रहँदा सम्झौता भएको एमसीसीलाई अहिले थन्को लगाइएको बताउनुभयो ।
सांसद अधिकारीले एमसीसीको प्रस्ताव संघीय संसदमै अड्किएकोले त्यसलाई यथाशिघ्र छलफलमा ल्याउन सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘काँग्रेस र एमालेको संयुुक्त सरकार हुँदा एमसीसी सम्भौता भयो । अहिले त्यो सभामुखकहाँ थन्केको छ । संसदमा यसलाई तीन-चार वर्ष कति वर्षसम्म लड्काउने हो ? एमसीसी तुरुन्त बहसको विषय बनाइयोस् ।