भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडालाई कोरोना संक्रमण पुष्टि
भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडालाई कोरोना संक्रमण पुष्टि भएको छ । समाजिक सञ्जालमार्फत उनले आफू र पत्नीलाई कोरोना पोजिटिभ भएको जानकारी दिएका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘म र मेरी पत्नी चेन्नामा कोभिड १९ पोजिटीभ भएका छौँ। हामी दुवै र बाँकी परिवारका सदस्यसँगै आइशोलेशनमा बसेका छौ।’
उनले आफूसँग विगत तीन दिनअघि भेटेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । साथै आफ्नो पार्टी र कार्यकर्ताहरुलाई धेरै चिन्ता नलिन समेत उनले आग्रह गरेका छन् ।