अमेरिकी परीक्षणमा आस्ट्राजेनेकाको कोभिड खोप सुरक्षित प्रमाणित
नेपालमा अहिलेसम्म प्रयोग भएको कोभिडविरुद्धको अक्सफोर्ड-आस्ट्राजेनेका खोप बहुप्रतीक्षित अमेरिकी परीक्षणमा सुरक्षित र प्रभावकारी प्रमाणित भएको छ।
अमेरिका, चिले र पेरुका ३२,००० भन्दा बढी स्वयंसेवकमा परीक्षण गरिएको थियो। परीक्षणमा खोप लक्षणयुक्त कोभिड रोक्न ७९ प्रतिशत प्रभावकारी र गम्भीर बिरामी हुन रोक्न शतप्रतिशत प्रभावकारी पाइएको छ।
अनि रगत जम्ने जोखिम पनि नदेखिएको परीक्षणको नतिजाले देखाएको छ।