उत्तर भारतको बाढी: २६ शव फेला, १७१ अझै बेपत्ता
उत्तर भारतमा हिमनदीमा आएको बाढीमा परेर मृत्यु भएका २६ जनाको शव फेला परेको छ।
अझै पनि १७१ जना हराइरहेका बीबीसी हिन्दीले बताएको छ।
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले त्यहाँ निर्माणाधीन सुरुङमा ३०-३५ जना फँसेको हुनसक्ने भएकाले त्यहाँ उद्धार गर्ने प्रयास भइरहेको बताएका छन्।
सो सुरुङलाई रातभरि खोल्ने प्रयास गरिएको तर जीवित व्यक्तिसँग कुनै सम्पर्क भने अहिलेसम्म नभएको बताइएको छ।