म्यानमारमा सैनिक कु, विश्व समुदायबाट भर्त्सना
म्यानमारमा सेनाले कु गरेको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी र वरिष्ठ नेताहरूलाई हिरासतमा लिएर सोमबार सैनिकले सत्ता हातमा लिएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् ।
सैनिक कुको विरोधमा विश्वका विभिन्न राष्ट्रले विरोध तथा भत्र्सना गरेका छन् । उनीहरूले सेनालाई आफ्नो कदम सच्याउन आग्रह गरेका छन् । अमेरिकाले निर्वाचन नतिजामा असर पार्ने र प्रजातान्त्रिक परिवर्तनमा अवरोध सिर्जना गर्ने कुनै पनि किसिमको कार्यको विरोध जनाउने बताएको छ ।
सैनिक कमाडर इनचिफ तथा जनरल मिन आङ हलाइङले म्यानरमारको सत्ता सम्हालेका छन् । सैनिक टेलिभिजनले म्यानमारको अवस्थाअनुसार एक वर्षका लागि सैनिक शासन लागू हुने जनाएको छ । सत्ता कब्जामा लिएपछि सेनाले म्यानमारको राजधानीलगायत अन्य सहरमा टेलिफोन, इन्टरनेट र बैंकिङ सेवा अवरुद्ध गरेको छ । अहिले सबैजसो सहरमा सेनाको बाक्लो उपस्थिति छ ।