सरकार तिमीलाई घाटा लाग्ला!
सन् १९५५ पश्चात करिव करिव संसारका सबै राजनैतिक भूगोल बाट उपनिवेशिक शासन व्यवस्था को विस्थापन स्वतन्त्र राज्य व्यवस्था शासन ले गर्यो। स्वतन्त्र राज्य व्यवस्था शासन मा तीन तत्व - एक राज्य को राजनैतिक भूगोल सिमाना, दुई राज्य को सुरक्षा तथा अमन चयन निकाय, तीन राज्य को ढुकुटी बलियो पार्ने कर तथा राजश्व संकलन तथा प्रयोग प्रणाली स्थापना गरिएको हुन्छ। यी तीन कुरा को व्यवस्थापन स्वतन्त्र राज्य प्रणाली हाक्ने सरकार ले गर्दछ। यी तीन कुरा मध्ये पनि कर संकलन र प्रयोग प्रणाली राज्य को रक्तसञ्चार प्रणाली हो।
स्वतंत्र राज्य को राजनैतिक भूगोल भित्र बसोबास गर्ने नागरिक तथा बासिन्दाहरूले राज्य लाई कर तिर्नु अनिवार्य हुन्छ, अन्यथा नागरिक आफ्नो कर्तब्य बाट विमुख भएको ठहरिन्छ। तसर्थ नागरिकलाई उनीहरूको कर्तव्यबाट विमुख हुन नदिन एउटा कल्याणकारी राज्य व्यवस्था मा राज्य को सासन व्यवस्था को जिम्मेवारी प्राप्त गरेको सरकार ले कमसे कम अरु कुरा गर्न नसके पनि नागरिकलाई कर तिर्न बाट वंचित गर्नु हुँदैन। वंचित गरेमा सरकार लाई घाटा लाग्छ। सरकार घाटा मा चल्नु भनेको एक स्वतन्त्र राज्य अरु कुनै राज्य प्रति परतन्त्र हुनु हो।
यही कुरा लाई सर्वोपरि ठानी नागरिकहरुले राज्य बासिन्दा हैसियत मा काम गर्दा आर्जन गरेको आम्दानी को आधार र राज्य ले व्यवस्था गरेको सार्वजानिक वस्तु उपभोग गरेबापत कर दस्तुर तिर्छन्। यसरी तिरेको कर दस्तुर बाट स्वतन्त्र राज्य शासन व्यवस्था का विभिन्न निकायहरु को भरण पोषण हुन्छ। बासिन्दा तथा नागरिक ले कर दस्तुर तिरेन वा तिर्न पाएनन भने राज्यका निकायहरूको भरणपोषण घाटा मा जान्छ, सरकार घाटा मा जान्छ।
अहिले सरकार घाटा मा छ। जोर बिजोर सवारी साधन प्रणाली ले कतिपय नागरिक कामदार रोजगारी मा जान पाएका छैनन्। तिनीहरुले रोजगारी बाट प्राप्त गर्ने आम्दानी बाट राज्य लाई तिर्नु पर्ने कर तिर्न सकेका छैनन्, त्यसैले सरकार तिमीलाई घाटा परेको छ।
कर तिर्न दिउँस भरी लाईन मा बस्नु परेको छ। कर तिर्न लाईन मा बसेको दिन नागरिक बासिन्दा ले रोजगारी गुमाउँछ। रोजगारी बाट प्राप्त हुने आम्दानी गुमाउँछ तसर्थ आम्दानी का आधार मा राज्यलाई तिर्नु पर्ने कर गुम्छ। सरकार तिमीलाई घाटा लाग्छ। तसर्थ सरकार कमसेकम नागरिक ले सरकार लाई तिर्नु पर्ने कर तिर्न सहज बनाऊ। नत्र सरकार तिमी घाटा मा जान्छौ अनि हाम्रो स्वतन्त्र राष्ट्र अरु कुनै राष्ट्र प्रति परतन्त्र हुन्छ।
नागरिक हरु कर बुझाउने केन्द्र मा घण्टौं लाईन मा बस्नु परेको छ। सरकार तिम्रा कर्मचारी ति लाईन मा बसेका करदाता नागरिकलाई रैती ठान्छन्। तैपनि तम्सी ताम्सी कर तिर्छन् अनि सरकार तिमीलाई घाटा हुन बाट बचाउँछ, भलै उसको रोजगार बाट पाउने आम्दानी मा घाटा लागोस्। नागरिक लाई अरु केही गर्न नसके पनि उसलाई आफ्नो रोजगारी मा सहभागी हुने वातावरण मिलाउ नत्र अर्को साल तिमीलाई घाटा पर्छ।
सरकार मेरो रोजगारी गुमेको त धेरै महिना भयो। तिम्रो निकाय को नीतिगत अल्छीपन ले मैले रोजगारी बाट प्राप्त आम्दानी मा कर तिर्न सक्ने छुईन। तर मेरो दुई पाङ्ग्रे सवारी साधन को कर तिर्न धेरै पल्ट तिम्रो निकाय मा धाएँ तर सकेको थिइन्। खैर उपाए निकाले, चौथो दिन को अन्तिम समयमा तिम्रा कर्मचारी लाई खुसुक्क विनम्र अनुरोध गरें , आज काे दुई दिन पछि धेरै दुःख नदिकन मैले दुई पाङ्ग्रे सवारी साधन डिजेल डकार्ने ठूला ठूला सवारी साधन पछि पछि दौडाए बापत को राज्य लाई बुझाउनु पर्ने कर लिई दिन्छु भनेको छ। तसर्थ आज म ढुक्क छु, सरकार तिमीलाई घाटा नलाग्ने भो। तर मलाई चाहिँ घाटा लाग्ने भो किन भने तिम्रा कर्मचारी ले केही थप रकम मांग गरेका छन्।
भन सरकार ! म कर तिरु को तिम्लाई घाटा मा पठाऊ।