सिन्धुलीमा कोरोना संक्रमित ४८ वर्षीय पुरुषको मृत्यु
(सिन्धुली) सिन्धुलीमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । जिल्लाको कमलामाइ नगरपालिका- ५ का ४८ वर्षीय खिलबहादुर मगरको उपचारका क्रममा बिहीबार मृत्यु भएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिनुभयो ।
उच्च ज्वरो र श्वास-प्रश्वासमा समस्या भएपछि उपचारका लागि काठमाडौँ मेडिकल कलेजमा सोमबार भर्ना गरिएसँगै पिसिआर परिक्षण गर्दा गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । आर्थिक अवस्था कमजोर भएका मगरलाई काठमाडौँ मेडिकल कलेजमा उपचार गर्न असम्भव भएपछि जिल्ला अस्पताल ल्याइएकाेमा उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
त्यसैगरी गत आइतबार सिन्धुलीको कमलामाई नगरपालिका- ६ पानीटंकीकी एक ८४ वर्षीया वृद्धाको पनि काेराेनाबाट मृत्यु भएको थियो । योसँगै सिन्धुलीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।