समृद्ध नेपालकालागि युवा उद्यमशीलता।
युवा देशको भविष्य र संसार को उत्तराधिकार हुन्। देशको बृहत्तर समृद्दिकालागी स्वास्थ युवाहरुको जनसंख्या ले महत्वपूर्ण भूमिका खेल्छ।
अहिले को विश्व प्रविधि ले परिपूर्ण छ। प्रविधि काे क्रान्तिले स्वास्थ, शिक्षा, सूचना र पहुंच मा आम जनताको सहभागिता वृद्धि गरेको छ। सूचना प्रविधि र यातायात प्रविधि को बृहत्तर फैलावट को कारण संसारलाई एक सानो बजारमा रुपान्तरण गरेको छ। विश्व आर्थिक राजनीतिक वृत्तमा उल्लेख्य परिवर्तन ल्याएको छ, फलस्वरूप पारिवारिक र निरंकुश राज्यव्यवस्था तथा शासकीय प्रणाली लाई प्रजातन्त्र तथा लोकतान्त्रिक शासन व्यवस्था ले प्रतिस्थापन गरेको छ।
समृद्धि का अवसर र चुनाैती हातेमालो गर्दै रहन्छ। युवा बेरोजगारी आज को विश्वमा अधिकांस देशको चुनौतीका रूप मा खडा भएको छ। युवा बेरोजगारी को वृद्धि दर द्रुतगतिमा मा अगाडि बढेको छ। हाल युवा हरु को विश्व जनसंख्या करिव एक खर्ब पैसठ्ठी अर्ब रहेको अनुमानित तथ्याङ्क छ। जसमध्ये ६० करोड ७० लाख काम गर्न सक्ने युवा हरु बेरोजगार छन् यो संख्या को करिव नब्बे प्रतिशत युवा संख्या हाम्रो जस्तो विकासोन्मुख देश मा रहेको छ। तसर्थ विकसित राष्ट्रका वैज्ञानिक हरुले विकासोन्मुख देश मा रहेको यस्तो जनसंख्या लाई मानवीय लाभांस को रूपमा परिभाषित गर्दै युवा जनसख्या देश को सम्मृद्दिका लागि अवसर र चुनाैती दुवै हुन सक्छ भनेका छन्।
हाम्रो देश मा हरेक वर्ष करिव पाच लाख युवा जनसख्या श्रम बजार मा आउँछन् त्यस मध्ये करिव दस प्रतिशतले मात्र औपचारिक क्षेत्रमा रोजगारीका अवसर पाउँछन्। यो आँकडा लाई मध्ये नजर गर्ने हो भने हरेक वर्ष करिव चार लाख पचास हजार युवा बेरोजगार संख्या बढ्दै जाने देखिन्छ। यो संख्या लाई उद्यमशीलता मा नलाने हो भने राज्य व्यवस्था ले जतिसुकै समृद्धि को रणनीति बनाएपनि समृद्ध नेपाल को ध्येय पूरा हुन सक्तैन, उल्टै सामाजिक, आर्थिक र राजनैतिक समस्याहरू थपिँदै जान्छ।
राज्य ले युवा रोजगार तथा उद्यम का लागि नीति प्रवर्दन नगरेको होइन, तर बेरोजगार संख्या वृद्धि भएअनुसार नीति कार्यान्वयन गर्न सकेको छैन। युवा बेरोजगार संख्या बढ्नु मा विभिन्न कारण हुन सक्छ। ती मध्ये शिक्षा प्रणाली, नीतिगत संरचना, राजनैतिक आर्थिक संस्कृति, लगानी र व्यवसायिक टेवा को अभाव मुख्य हुन्।
ती कारणहरुलाई पहिचान गर्दै युवा उद्यम को संस्कृति निर्माण गर्न सकियो भने देशको समृद्धि प्राप्त गर्न सकिन्छ।
भनिन्छ युवा का लागी भविष्य निर्माण गर्न हाल सम्म नसकीयतापनी भविष्यका लागि युवा निर्माण गर्न सकिन्छ। यो विषयमा राज्य को भुमिका त अपरिहार्य छ, साथै परिवार र समुदाय ले पनि उत्तिकै भूमिका निभाउनु पर्छ। सामान्यत युवाहरु ले जागिर खाई परिवार को आर्थिक क्षेत्र मा आधारभूत टेवा दिनु पर्छ भन्ने आम मानसिकता हाम्रो परिवार र समुदायमा रहेको छ। हाम्रो देशका अधिकांस युवाहरु एही मान्यता र संस्कृति बाट जेलिएका छन्। युवाहरुको सामाजिक र सांस्कतिक पृष्ठभूमि ले युवा उद्यमशीलता विकास हुने की नहुने भन्ने विषय मा गहन भुमिका खेलेको हुन्छ। तसर्थ समृद्ध नेपाल का लागि युवा उद्यमशीलता वृद्धि गर्न राज्य व्यवस्था को साथै परिवार र समुदाय ले ढिलो गर्ने बेला अब छैन।