प्रधानमन्त्री राहत कोषमा इप्पानकाे १३ करोड सहयोग
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले प्रधानमन्त्री राहत कोषमा १३ करोड १ रुपैयाँ सहयोग गरेको छ । मङ्गलबार इप्पानका अध्यक्ष मोहन डाँगी लगायत पदाधिकारी तथा प्रतिनिधिहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई उक्त रकम बराबरकाे चेक हस्तान्तरण गरेका हुन्।
गत भदौ १० मा रसुवामा आएको बाढीबाट प्रभावित तथा पीडितका लागि राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको इप्पानले जनाएको छ ।