गण्डकीमा नयाँ एक सय पाँचजनामा कोरोना संक्रमण
पोखराका ४८ जनासहित गण्डकी प्रदेशमा थप एक सय पाँचजना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा नवलपुरका ४७ जना छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार निकालेको पहिलो र दोस्रो विज्ञप्तिअनुसार नवलपुरमा थपिएका सबै संक्रमित कावासोतीका हुन् । त्यसैगरी बाग्लुङको काठेखोलाका एकजना, पर्वतको कुस्माका दुईजना र स्याङ्जाका दुईजना संक्रमित थपिएका छन् ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या आठ हजार तीन सय ६९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।