समृद्ध नेपाल का लागि युवा उद्यम विकास का मुख्य आधारहरू
युवा जमात ले देशको भविष्य इङ्गित गर्छ र तिनीहरू संसार परिवर्तन का वाहक र उत्तराधिकारी हुन भन्ने कुरालाई मान्ने हो भने राजनैतिक र सामाजिक क्षेत्रका अगुवा हरुले आजै बाट युवा जमात को सृजनशील उपयोग गर्ने उपाय को खोजी गर्नु पर्छ।
युवा बेरोजगारी विश्व सामु समसामयिक चुनाैती को रूप मा उभिएको विषय लाई नजरअन्दाज गर्नु भनेको विश्व मानव सभ्यता माथि नै नजरअन्दाज गर्नु हो। तसर्थ युवा उद्यमशीलता का अवसर को उत्खनन अनि चुनाैती को व्यवस्थापन गर्नु एकाइसौं सताब्दी को पहिलो चौथाँस भित्र पूरा गर्नु पर्ने प्रमुख कार्य भित्र पार्न जान्छ।
युवा हरुको बेरोजगारी दर लाई हाल को अवस्था मा नै स्थिर राख्ने हो भने विश्व भरि आज को मिति बाट दस वर्ष भित्र करिव ७० करोड नयाँ अवसरहरू सृजना गर्नु पर्ने हुन्छ किन भने हरेक वर्ष विश्व मा करिव ७ करोड ५० लाख युवा बेरोजगार संख्या थपिँदै जान्छ, यस संख्या मा नेपाल को हिस्सा करिव ५ लाख प्रति वर्ष हुन्छ। रोजगारी मा संलग्न युवा हरु मध्ये पनि करिव १७ करोड युवाहरु दैनिक २ डलर भन्दा कम आर्थिक उपार्जन मा काम गरिरहेका छन्। यो भन्दा पनि डर लाग्दो अवस्था त के छ भने सुदुर गाउँ बाट काम को खोजी मा सहर वा विदेश पस्नु पर्ने युवाहरुको बाध्यता कारण ग्रामीण गरिबी, असन्तुलित ग्रामीण विकास र सहरी जनसंख्या मा अप्रत्यासित चाप बढेको छ। यी सबै समस्या को एक मात्र समाधान भनेको युवा उद्यम सिलता को प्रवर्दन हो। किन भने युवा उद्यम प्रवर्धन ले युवाहरु बिच आर्थिक वृद्धि मा नवीन समाधान का उपायहरू को जन्म हुन्छ।तर आज सम्म पनि युवा उद्यम प्रवर्धन का विषय हरु हाम्रो देश मा अच्चम को विषय भइरहेको छ। तथापि युवाहरुको दिगो उद्यम विकास का आयाम का बारेमा ध्यान जानु अति आबश्यक छ। यसका लागि तल उल्लेखित प्रमुख पांच उपाए हरु अवलम्बन गर्नु सान्दर्भिक हुन्छ।
१. समुदाय र परिवार लाई संलग्न गराउने; हाम्रो देश मा युवा उद्यम का लागि आज सम्म गरिएका प्रयास हरु केही युवा मा मात्र केन्द्रित गरिए। युवा व्यवसाय काे सुरुवात र संचालन मा परिवारका अन्य सदस्य को संलग्नता र समुदायको सहयोग प्रभावकारी हुन्छ। तसर्थ अब आउँदो समय मा युवा उद्यम को विकास का लागि समुदाय को टेवा र पारिवारिक सदस्य हरुको संलग्नता लाई बढावा दिनु पर्छ।
२. प्राविधिक, जिवनपयोगी शिक्षा र व्यवसायिक योजना निर्माण; हाम्रो परिवेश मा युवा बेरोजगार को नाम मा अधिकांस युवाहरु देखासेखी को आधार मा उद्यम व्यवसाय गर्ने गरेकाछन्। यसबाट बच्न व्यवसाय को योजना, त्यस सम्बन्धी प्राविधिक ज्ञान र व्यवसाय बाट जीवनपयोगी शिक्षा हासिल गर्ने परियोजना हरु मा राज्यले जोड दिनु पर्दछ।
३.युवा का लागि आर्थिक र वित्तीय टेवा को आधार निर्माण; युवा उद्यम सुरु गर्न आवश्यक पर्ने आर्थिक स्रोत र वित्तीय सल्लाह मा युवाहरु को पहुंच बढाउनु अति नै आवश्यक हुन्छ। राज्य को सम्बन्धित निकाय बाट युवा उद्यम का लागि आवश्यक पर्ने आर्थिक स्रोत र वित्तीय टेवा का विभिन्न उपागम का बारेमा छलफल गरी युवा हरुको पहुंच वृद्धि गरिनु पर्छ।
४. स्पष्ट लक्ष्य निर्धारण र अनुभवी परामर्शदाता को व्यवस्था; युवाहरु मा इच्छाशक्ति हुन्छ तर अनुभव नहुन सक्छ। उनीहरूका लागि अनुभवी परामर्शदाता ले व्यवसायिक योजना निर्माण, सञ्जाल र सम्बन्ध को विकास, व्यवसायिक लक्ष्य निर्धारण गर्न उदाहरणीय दिशानिर्देश गर्नु पर्ने हुन्छ।
५. संयोग तथा व्यवसायिक वातावरण संग घुलमिल; युवा बेरोजगार का समस्या विश्वव्यापी प्रकृति कोहुन्छ तर समाधान स्थानिय मौलिकता मा खोजिनु पर्छ। वातारण मा देखिएको परिवर्तन ले सबै भन्दा प्रताडित युवा नै हुन्छन्। विश्व व्यापी र स्थानिय वातावरण मा देखिएको र हुने परिवर्तन ले युवाका इच्छा, चाहना र आवश्यकता लाई फरक फरक ढंग ले प्रभाव पारेको हुन्छ। तसर्थ युव उद्यमी ले सधैं भरी व्यवसायिक वातावरण संग घुलमिल हुन सक्नु पर्छ।
यी माथि उल्लेखित पांच कुरालाई मनन् गर्न सकियो भने युवा उद्यमशीलता विकासकालागि महत्वपूर्ण औजार प्रयोग गर्न सकिन्छ।