पर्सामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
पर्सामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालले जनाएको छ ।
पर्साबाट संकलन गरिएको ८८ र बाराबाट संकलन गरिएको ८ वटा स्वाबको पीसीआर परीक्षण गर्दा २६ देखि ३६ सिटी भ्यालु रहेका ८ महिलाको बच्चा देखि ५७ बर्ष उमेर समूहका २१ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।
२१ जना संक्रमित मध्य पर्साका १५ जना,बाराका १ जना र रौतहटका ५ जना रहेको जिल्ला प्रसाशन कार्यालयका प्रसाशकिय अधिकृत बिनय कुमार श्रीवास्तवले बताउनुभयाे ।