उपत्यका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल
सरकारले काठमाडौं उपत्यका भित्रका सबै किसिमका सरकारी अस्पताललाई कोभिड अस्पतालका रूपमा व्यवस्था गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका सबै किसिमका अस्पताललाई कोभिड अस्पतालका रूपमा व्यवस्था गरिने जानकारी दिए ।
उपत्यकाभित्रका सबै किसिमका सरकारी अस्पताललाई कोभिड अस्पतालका रूपमा व्यवस्था गरी हाललाई स्वास्थ्य सेवा विभागसँग रहेका आइसीयू, भेन्टिलेटर, अक्सिजन आदि सघन उपचारका लागि आवश्यक सरसाग्रीहरू उपत्यकाका अस्पतालहरूमा केन्द्रित भएर व्यवस्थापन गर्ने निर्देशन उनले बताए।