उपत्यकामा थप १११० कोरोना संक्रमित
काठमाडौं उपत्यकामा थप १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्। त्यसमध्ये ४२९ जना महिला रहेका छन् भने ६८१ जना पुरूष रहेका छन्।
आज मात्र देशभर २२२५ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २८४६ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ। कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ।