विष्णु पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी, ईश्वर पोखरेललाई रक्षाबाट हटाईयो
(काठमाडौं) लामो गृहकार्य पछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारसंगै केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । प्रधानमन्त्रीले रक्षा मन्त्रालय आफैंसँग राख्दै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।
प्रधानमन्त्रीले पार्टीका महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरिएको छ ।