भक्तपुरमा मापसे गरी प्रहरीमाथि हातपात गर्ने पक्राउ
भक्तपुरमा प्रहरीमाथि हातपात गर्ने एक जना पक्राउ परेका छन् ।
मंगलबार राति भक्तपुर नगरपालिका-९ ब्रम्हायणीस्थित ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा एक पुरूष पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ललितपुर लामाटार बस्ने झापा अर्जुनधारा घर भएका ३६ वर्षीय विक्रम लिम्बू छन् ।
लिम्बूले मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ। प्रहरीले उनको बा ८७ प ३९७२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।