झापामा २२ वर्षीय युवक मृत भेटिए
झापामा २२ वर्षीय युवा मृत भेटिएका छन् ।
बुधबार बिहान ९ बजे कनकाई नगरपालिका-३ स्थित सुरूङ्गा खोलाको बाँसघारीमा एक युवकको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार शव सोही स्थानमा बस्ने हंश नारायण चौधरीको छोरा अभिषेक चौधरीको हो ।
स्थानीयले शव फेला पारेपछि इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट प्रहरीको टोली खटिएको छ । चौधरीको अनुहारमा चोट लागेको हुँदा मृत्यु शंकास्पद भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।