चितवनमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि
चितवनमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भरतपुरको कोभिड १९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका १० जना सहित १३ जनामा संक्रमण पुष्टि भएको हो। भरतपुर महानगरपालिकाका ७ जना र राप्ती नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा.नितु अधिकारीले बताइन्
त्यस्तै मकवानपुरका २ जना र नवलपुरका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
उनीहरूको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज र राप्ती क्वारेन्टिनबाट स्वाब संकलन गरिएको थियो।शनिबार दिउँसो पनि चितवनका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
भरतपुर कोभिड प्रयोगशालामा २० जना र चितवन मेडिकल कलेजको प्रयोगशालामा ४ जनामा कोरोना पुष्टि भएको थियो।