पर्सामा सेना, स्वास्थ्याकर्मी र भारतीय दूतावासका कर्मचारीसहित थप ११७ जनामा काेराेना संक्रमण
(वीरगंज) बारा जिल्लास्थित श्री चण्डीनाथ गणका सेना, भारतीय महाबणिज्य दूतावासका महिला कर्मचारी तथा बायोधा अस्पतालका स्टाफ सहित पर्सामा थप १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगंज स्थित प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना महिलासहित थप १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. निरज सिंहले जानकारी दिनुभयाे ।
संक्रमित हुनेहरुमध्ये वीरगंजका वडा ५, १०, १२, १५, १६ तथा २५ का ९ जना रहेका छन् भने बहुदरमाई नगरपालिका वडा नं २, ३, ५ तथा ६ का ८१ जना रहेका छन् । यसैगरि नारायणी बायोधा अस्पतालको हाउस किपिंग डिपार्टमेन्टमा कार्यरत ५ जना तथा क्वालिटी डिपार्टमेन्टमा कार्यरत १ जना गरि ६ जना रहेका छन् ।
संक्रमण पुष्टि हुनेहरुमा जिराभवानी गाउँपालिका वडा नं २ का ३ जना तथा वडा नं ३ का १ जना गरि ४ जना रहेका छन् भने नगरदाहाका २ जना रहेका छन् । त्यसैगरी बैरियाबिर्ताका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. सिंहले जानकारी दिनुभयाे ।
उहाँले वीरगंजको प्रयोगशालामा गरिएको परीक्षणमा बारा जिल्लाका ८ जना कोरोना संक्रमण पुष्टि भएको बताउनुभयाे । जसमध्ये श्री चण्डीनाथ गणका नेपाली सेना ४ जना, कलैया उप-महानगरपालिका – १ का १ जना, जितपुरसिमरा नगरपालिकाका २ जना तथा प्रसौनी गाऊँपालिका – २ का १ जना रहेका छन । त्यसरीनै सप्तरी जिल्लाका पनि १ जनामा संक्रमण पुष्टि भएको डा. सिंहको भनाइ छ ।
वीरगंजमा मास तेस्टिङ्ग तथा एक घर एक पिसिआर परीक्षण अभियान संचालन गरेसँगै वीरगंजमा संक्रमण पुष्टि हुनेहरुको संख्यामा बृद्धि भएको थियो । त्यस पश्चात पर्साको ग्रामीण भेगका पालिकाहरुमा पनि पिसिआर परीक्षणको दायरा बढाएसँगै वीरगंज महानगरपालिका बाहेकका अन्य स्थानी तहहरुको नागरिकहरुमा पनि संक्रमण पुष्टि हुनेको संख्यामा बृद्धि भएको हो ।
मंगलबार राति अबेरसम्म आएको पिसिआर रिपोर्ट अनुसार सबै भन्दा बढी बहुदरमाई नगरपालिकाका नागरिकहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुने १ सय १७ जना मध्ये ८१ जना बहुदरमाई नगरपालिकाका मात्रै छन् भने बाँकी वीरगंज महानगरपालिका लगायत बारा जिल्लाका रहेका छन् ।
उनीहरुमधे १ जना पर्सा जिल्लाको कालिकामाई गाऊपालिकाका पनि रहेका छ । संक्रमण पुष्टि हुनेहरु ७ बर्ष देखि ७० बर्ष उमेर समूहका रहेका छन् । मंगलबार राति १ सय जनामा संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या १ हजार ५ सय ८९ पुगेको छ ।