काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार आइतबार काठमाडौं उपत्यकामा १ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो।
जसमध्ये काठमाडौंमा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमण देखिएको हो। आजमात्रै कोरोनाका ८ सय १८ कोरोना संक्रमित थपिएका छन्।