काभ्रेको धुलिखेल अस्पतालमा कोरोनाको उपचार गरिरहेका बृद्धको मृत्यु
(काभ्रे) काभ्रेको धुलिखेल अस्पतालमा कोरोनाको उपचार गरिरहेका बृद्धको मृत्यु भएको छ । धुलिखेल नगरपालिका वडा नं ७ घर भई धुलिखेल अस्पतालमा कोरोनाको उपचारत ९८ बर्षीय बृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
मृतककाे साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा उपचारकै क्रममा बृद्धको मंगलबार राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा।नरेन्द्र झाले पुष्टि गर्नुभएको छ । बृद्धको परिवारमा छोरा र बुहारीमासमेत कोरोना संक्रमण देखिएको छ । छोरा बुहारी कोरोना संक्रमित भएपछि घरमै थप उपचार भईरहेको डा. झले जानकारी दिनुभयाे । काभ्रे जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्य दुई पुगेको छ ।
यसअघि पाँचखाल नगरपालिका वडा नं १ एक महिलाको कोरोना संक्रमण बाट काठमाडाैंमा मृत्यु भएको थियो । जिल्लामा कोरोना संक्रमितको संख्या ८० पुगेको छ । केहि उपचारपछि घर फर्किसकेका छन् भने केहिको थप उपचार भईरहेका छ ।
धुलिखेल अस्पतालमा मृत्यु भएका बृद्धको शव काठमाडौं लाने तयारी भइरहेकाे छ । उनकाे बिद्युतीय शव गृहमा लानको लागि पहल भईरहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।