बागमती प्रदेशकी उपसभामुखलाई कोरोना संक्रमण
बागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ।
हेटौंडास्थित किटजन्य अनुसन्धान तालिम केन्द्रमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको प्रयोगशाला स्रोतले जनाएको छ।
सोमबार आएको नतिजामा उनमा संक्रमण पोजेटिभ देखिएको हो। कन्ट्याक्ट ट्रेसिङको क्रममा परीक्षण गर्दा उनमा संक्रमण देखिएको बताइएको छ।
संक्रमण पुष्टि भएपछि थप विवरण लिने काम भइरहेको छ।