चीनमा पछिल्लो २४ घण्टामा ११ नयाँ कोरोना संक्रमित फेला
(एजेन्सी) चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको ११ नयाँ घटनाहरू देखिएको छ। एकदिन अगाडि कोरोना भाइरसका २२ नयाँ घटनाहरू आएका थिए।
नयाँ केसहरूको बारेमा जानकारी दिँदै स्वास्थ्य आयोगले भने ११ मध्ये ८ वटा संक्रमितहरु शिन्जियांग प्रान्तमा फेला परेका छन्। यस बाहेक त्यहाँ अन्य तीन केसहरू छन् । ती केसहरु बाहिरबाट फर्केका व्यक्तिहरूमा देखिएको जनाइएको छ । कोरोना भाइरस संक्रमणको सुरुवात चीनमा भएको हो । तर चीनमा संक्रमण भएका घटनाहरू धेरै देशहरू भन्दा तुलनात्मक रूपमा कम छन्।
जोन्स हपकिन्स वेबसाइटका अनुसार चीनमा संक्रमण हुनेको संख्या ८५ हजार ३ सय १४ छन् । त्यस्तै त्यहाँ ४ हजार ६ सय ४४ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।