सुनको मूल्य तोलामा चार सयले घट्यो
(काठमाडौं) बुधबार सुनको मूल्य चार सय रुपैँयाले घटेको छ । मंगलबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर ६२ हजार ३ सयमा काराेबार भएको हो ।
मंगलबार नयाँ रेकर्ड कायम गर्दै छापावाला सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घट्दै ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो । यस्तै, तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँले घटेर ८२ हजार रुपैयाँमा कारोबार भयो ।
यस्तै चाँदी भने प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको सुन तथा चाँदी व्यवसायी महासंघले जनाएको छ । कोरोना भाइरसको असरबाट विश्व अर्थतन्त्र प्रभावित र अन्तराष्ट्रिय बैंक ब्याजदरमा आएको कमीले सुनको मूल्यले नेपाली बजारमा पनि रेकर्डमाथि रेकर्ड कायम गर्दै व्यापक उतारचढाव आइरहेको विश्लेषकहरुको भनाइ छ ।
यता, नेपाल राष्ट्र बैंकले बैंकहरुले सुन धितोमा निक्षेप लिन पाउने व्यवस्था गरेपछि पनि सुनको मूल्य झनै बढेको हो ।