नामी भिगो ई२ को २ लाख रुपैयाँको अफर समाप्त, ६ दिनमै उच्च बुकिङ
काठमाडौं । नेपाली बजारमा गत बुधबार सार्वजनिक गरिएको नामी भिगो ई२ ले छोटो समयमै उच्च माग पाएपछि एमएडब्लू वृद्धिले ल्याएको २ लाख रुपैयाँको विशेष अफर समाप्त भएको घोषणा गरेको छ।
कम्पनीले विज्ञप्ति जारी गर्दै आधुनिक डिजाइन, आकर्षक फिचर, प्रिमियम अनुभव र प्रतिस्पर्धी मूल्यका कारण भिगो ई२ प्रति नेपाली उपभोक्ताको आकर्षण बढेको जनाएको छ।
यसअघि नेपाली बजारमा उपलब्ध नामी ई२ प्लसमा रहेका लोकप्रिय फिचरलाई निरन्तरता दिँदै थप परिष्कृत गरेर भिगो ई२ ल्याइएको कम्पनीको भनाइ छ। नयाँ मोडलप्रति देशभरका शोरुममा बुकिङको चाप बढेको पनि कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सीमित अवधिका लागि ल्याइएको विशेष अफरका कारण ६ दिनमै चाडपर्वमा बिक्री गर्न सकिने अनुमानित संख्याभन्दा बढी बुकिङ प्राप्त भएको थियो।
अत्यधिक माग र रेकर्ड बुकिङका कारण भिगो ई२ मा दिइएको २ लाख रुपैयाँको विशेष अफर समाप्त गरिएको कम्पनीले जनाएको छ। अब नयाँ बुकिङ गर्ने ग्राहकले भिगो ई२ का लागि ३७ लाख ९९ हजार रुपैयाँ तिर्नुपर्नेछ।
एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्तले सीमित अवधिका लागि घोषणा गरिएको विशेष अफर उच्च मागका कारण नाडा अटो शो २०२६ को पहिलो दिनमै समाप्त गर्नुपरेको बताए।
कम्पनीले छोटो समयमै उत्साहजनक प्रतिक्रिया दिएको भन्दै ग्राहकप्रति आभारसमेत व्यक्त गरेको छ।