अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७ पुग्यो, ५ दिनमै १४ काे मृत्यु
(एजेन्सी) अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को अनुसार शुक्रबार राति थप तीन जनाको ज्यान गएसँगै अमेरिकामा कोरोना भााइरसबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको हो ।
पछिल्लो पाँच दिनमा अमेरिकामा कोरोना भाइरसबाट १४ जनाको ज्यान गएको छ । सोमबार र मंगलबार तीनरतीन जनाको ज्यान गएको थियो । बुधबार दुई जनाको ज्यान गएको थियो भने बिहीबार पनि तीन जनाको ज्यान गएको थियाे । अहिलेसम्म अमेरिकामा तीन सय ३५ जनामा कोरोनाको संक्रमण देखिएको छ । ८ जना अटिल अवस्थामा छन् भने १५ जना पूर्ण रुपमा निको भएका छन् ।
कोरोनाका कारण विश्वभरि अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन हजार चार सय ९७ पुगेको छ भने १ लाख २ हजारभन्दा २ सय भन्दबढीमा सङ्क्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार शनिबारसम्म ५७ हजार ६ सय ९ जना पूर्ण रुपमा निको भएका छन् ।
गत डिसेम्बरको अन्तिमतिर चीनको हुवानबाट फैलिएको यो भाइरस अहिले ८६ भन्दा बढि मुलुकमा फैलिएको छ ।