चितुवाको आक्रमणबाट बैतडीमा १ जना घाइते, २४ ले ज्यान गुमाइसके
(बैतडी) बैतडीमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छ्न् ।
जिल्लाको शिवनाथ गाउपालिका- ४ खडितका १६ वर्षीय हर्क बहादुर साउद चितुवाको आक्रमणबाट घाइते भएका हुन ।
पूजामा जाँदै गरेका साउदलाई बुधबार साझ करिब ५ बजेतिर चितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिल्ली नारायण पाण्डेले जानकारी दिए । घाइते साउदको पिपलकोट उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उनको दायाँ खुट्टा र कम्मरमा चितुवाले घाउ पारेको प्रहरीले जनाएको छ ।
चितुवाको आक्रमणबाट अहिलेसम्म बैतडीमा २४ जनाले ज्यान गुमाइसकेका छन् भने त्याेभन्दा बढी घाइते भएका छन् ।