नारी दिवसकाे शुभकामना दिँदै देउवाले भन्नुभयाे- 'उहाँहरुप्रति उच्च सम्मान प्रकट गर्दछु'
(काठमाडाैँ) पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा ‘स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महिला दिदी बहिनीहरुमा हार्दिक शुभकामना’ प्रकट गर्नुभएकाे छ ।
अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उहाँकाे भनाइ छ । ‘शहरदेखि दुर-दराजका गाउँहरुमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेकाे अवस्थामा महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता हो,’ शुभकामना सन्देशमा भन्नुभएकाे छ ।
नेपाली कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहने बताउनुहुँदै उहाँले महिला विरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्याउनेछ भन्ने मैले विश्वास व्यक्त गर्नुभएकाे छ ।
‘नेपालमा लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका हरेक आन्दोलनहरुमा अग्रणी स्थानमा उभिएर कैयन् महिला दिदी बहिनीहरुले आफ्नो प्राणको आहुती गर्नुभएको छ,’ सभापति देउवाले भन्नुभएकाे छ, ‘म उहाँहरुप्रति उच्च सम्मान प्रकट गर्दछु । आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र सम्वद्र्धनका लागि पनि महिला दिदी-बहिनीहरुको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहनेछ भन्ने मैले विश्वास लिँदै अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहरुमा पुनः हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।’