पशुपतिमा भक्तजनसँग मागेर १४१ किलो सुनको जलप लगाइने
(काठमाडौं) एउटा चर्चित अनि पुरानो गीत छ, ‘पशुपतिमा सुनैको गजुर…।’ गीतमा वर्णित पशुपतिनाथको यो गजुरको लामो इतिहास छ ।
धार्मिक र ऐतिहासिक महत्त्व बोकेको पशुपतिको गजुरजस्तै शिवलिंगको पिठिकासमेत अब भक्तजनबाट सहयोग मागेर सुनले सिंगारिने भएको छ । तर, पिठिकामा भने सुनको जलपमात्र हुनेछ ।
पिठिकामा हाल चाँदीको आवरणयुक्त जलहरी मात्रै छ । त्यसलाई हटाएर सुनको जलहरी बनाउन लागिएको हो । पशुपतिनाथका शिवलिंग अमूल्य धरोहरका रूपमा रहेकाले त्यसको संरक्षण र संवद्र्धनका निम्ति सुनको जलप लगाउने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यसका लागि १ सय ४१ किलो सुन लाग्ने अनुमान कोषको छ । भक्तजनको सहभागितामा हुने जलहरी निर्माणमा २४ क्यारेटको सुन प्रयोग गर्ने काेषाकाे याेजना छ ।