उत्तरी भेगका स्थानीय तहले थप आयोजना माग गर्न पाउने
(काठमाडौं) सरकारले चालु आर्थिक वर्ष ०७६/७७ को बजेट वक्तब्यमा राखेको उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम कार्यान्वयन शुरु गरेको छ । सोही कार्यक्रमका लागि चीनको सीमा जोडिएका उच्च पहाडी क्षेत्रका जिल्लामा रहेका स्थानीय तहले थप आयोजना सिफारिस गर्न पाउने भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित स्थानीय तहबाट कार्यक्रम तथा आयोजना सिफारिस गर्न माग गरेको छ । मन्त्रालयले प्रत्येक स्तानीय तहबाट कम्तिमा तीन वटा आयोजनाको माग डगर्न सकिने र एउटा आयोजनाको लागत न्यूनतम ५ करोड हुनुपर्ने शर्त स्थानीय तहलाई तोकको छ ।
आयोजनाको पूर्वतयारीको काम पुरा भई कार्यान्वयन योग्य आयोजनालाई तोकिएको ढाँचामा स्थानीय तहले सिफारिस गर्न सक्ने भएका छन् ।