महरालाई डिल्लीबजार कारागारतर्फ लगियो
(काठमाडौं) बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंबाट निर्दोष ठहरभएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागारतर्फ लगिएको छ ।
पुर्पक्षका लागि थुनामा रहेका महरालाई रिहाइको प्रक्रिया पूरा गर्न कारागारतर्फ लगिएको हो । महरालाई सोमबार जिल्ला न्यायाधीश अमरराज पौडेलको इजलासले निर्दोष ठहर गरेको हो ।
उनलाई नेकपा कार्यकर्ताहरुले डिल्लीबजार कारागार बाहिर स्वागतको तयारी गरेका छन् ।