राष्ट्र बैंकको दुई प्रादेशिक कार्यालयमा अब विशिष्ट श्रेणीको दरबन्दी
(काठमाडौं) नेपाल राष्ट्र बैंकले उपत्यकाबाहिरका दुई कार्यालयमा कार्यकारी निर्देशकको दरबन्दी हुने व्यवस्था गर्ने भएको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले प्रदेश नम्बर एकको विराटनगर कार्यालय र प्रदेश २ को विरगञ्ज कार्यालयमा कार्यकारी निर्देशकलाई कार्यालय प्रमुखको रुपमा खटाउने निर्णय गरेको हो ।
यस अघि यि कार्यालयहरुमा निर्देशक नै कार्यालय प्रमुख रहने व्यवस्था थियो । कार्यकारी निर्देशक विशिष्ट श्रेणी हो भने निर्देशक पद प्रथम श्रेणाी हो । अन्य ठाउँको तुलनामा विराटनगर र विरगञ्ज कार्यालयको भूमिका धेरै हुने भएकाले विशिष्ट श्रेणीको दरबन्दी राख्ने निर्णय गरिएको राष्ट्र बैंकका एक सञ्चालकले जानकारी दिए ।
‘दुइृ ठाउँमा कार्यकारी निर्देशक खटाउने भन्ने विषयमा पहिले नै छलफल हुँदै आएको थियो, तर निर्णय हुन सकेको थिएन’ ति सञ्चालकले भने, ‘यि विषयमा सबैको सहमति जुटेपछि सोमाबार निर्णय गरेको हो ।’