डोनाल्ड ट्रम्प : मेरो नोबेल शान्ति पुरस्कार कोही अर्कैले लग्यो
(एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एक पटक नोबेल शान्ति पुरस्कारको सबैभन्दा ठूलो हकदार आफू भएको दोहो¥याएका छन् ।
ट्रम्पले ओहायोको टोलेडोमा आफ्ना समर्थकलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले अघिल्लो वर्षको नोबेल पुरस्कार खासमा आफूले पाउनु पर्ने दावी पेस गरेका हुन् ।
‘म तपाईंलाई नोबेल शान्ति पुरस्कारबारेमा बताउन चाहन्छु । मैले सहमति गरेँ र एउटा देशलाई बचाएँ । तर पछि मैले के सुने भने उक्त देश बचाएकोमा सोही देशका प्रमुखलाई नोबेल शान्ति पुरस्कार दिइयो । त्यसपछि मैले आफैसँग भने – यसमा म के नै गर्न सक्छु र ? मुख्य कुरा वास्तविकता के हो हामीलाई थाहा छ । मैले एउटा ठूलो युद्धलाई रोके ।’
![]()
"Oh, they have some bad ones here tonight. There are some really bad ones, some really sick ones." -- Trump's smears of the assembled media are off the rails
![]()
"I made a deal, I saved a country, and I just heard that the head of that country is now getting the Nobel Peace Prize for saving the country. I said, 'what, did I have something do with it?'" -- Trump whines about not having a Nobel Peace Prize
ट्रम्पले कुन घटनाबारे बताएका थिए ?
डोनाल्ड ट्रम्पले सम्बोधनको क्रममा न त नोबेल शान्ति पुरस्कार विजेताको नाम लिए न नै उनको देशको । तर उनले इथोपियाका प्रधानमन्त्री अबी अहमदको कुरा गरिरहेका थिए ।
४३ वर्षका अबी अहमद अफ्रिका सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुन् । उनी सन् २०१८ अप्रिलमा इथोपियामा महिनौसम्म चलेको सरकार विरोधी प्रदर्शनको बलमा देशको प्रधानमन्त्री चुनिएका थिए । विरोध प्रदर्शनको कारण उनका पूर्ववर्ती प्रधानमन्त्रीले पद छाड्नु परेको थियो ।
प्रधानमन्त्री बनेपछि उनले इथोपियामा वृहद उदारीकरणको शुरुवात गरेका थिए । उनले जेलमा बन्द हजारौँ कार्यकर्तालाई रिहा गरे र निर्वासित असन्तुष्ट नेतालाई देश फर्किने स्वीकृति दिए ।
विगतमा दमन भोगेका इथियोपियाली मिडियाले स्वतन्त्रतापूर्वक काम गर्न पाए । त्यस्तै उनले महत्त्वपूर्ण पदमा महिलाको प्रतिनिधित्व बढाए ।

अबी अहमदलाई नोबेल दिनुको कारण
अघिल्लो वर्ष अक्टोबरमा नोबेल समितिले अबी अहमदलाई नोबेल शान्ति पुरस्कारको विजेता घोषणा गर्दै भनेको थियो, ‘छिमेकी इरिट्रियासँग सिमाना विवाद अन्त्य गर्न अबिले निभाएको निर्णायक पहलको लागि अबीलाई पुरस्कारबाट सम्मानित गरिएको छ । ’
अबी अहमदले इथोपियाली प्रधानमन्त्रीको हिसाबमा छिमेकी इरिट्रियासँग दुई दशकदेखि चलिरहेको संघर्ष अन्त्य गरेर शान्ती स्थापित गरेका थिए । इथियोपियाले २०१८ जुलाईमा इरिट्रियासँग शान्ति सम्झौता गरे । योसँगै सन् १९९८–२००० मा सुरु भएको सैन्य गतिरोध २० वर्षपछि समाप्त भएको थियो । सन् २०१८ सेप्टेम्बरमा अबीले इरिट्रिया र जिबुटीबीच कैयौँ वर्षदेखि चल्दै आएको राजनीतिक शत्रुतालाइ अन्त्य गरेर कूटनीतिक सम्बन्ध समान्य बनाउन सहयोग गरेका थिए ।
यस अतिरिक्त अबीले केन्या र सोमालियामा समुन्द्री क्षेत्रलाइ लिएर चलिरहेको संघर्ष अन्त्य गर्न पनि मध्यस्थता गरे ।