बझाङमा जिप दुर्घटना, एक महिला गम्भीर घाइते
बझाङ– बझाङमा जिप दुर्घटना हुँदा एक महिला गम्भीर घाइते भएकी छन् ।सदरमुकाम चैनपुरबाट सुर्मा गाउँपालिकाको दौलिचरतर्फ जाँदै गरेको से १ ज ८३१ नम्बरको जिप शनिबार दिउँसो १२ वजे जयपृथ्वी नगरपालिका–८ सेला खोलामा दुर्घटना हुँदा एक महिला गम्भिर घाइते भएकी हुन् ।
दुर्घटनामा घाइते हुनेमा बझाङकै सूर्मा गाउपालिकाकि अन्ताजी ३६ बर्षिया खन्टी बोहरा रहेकी जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश बमले जानकारी दिए ।
प्रहरी प्रमुख बमका अनुसार घाइते बोहरालाई उपचारको लागि जिल्ला स्वस्थ्य कार्यालय बझाङको एम्बुलेन्स मार्फत नेपालगन्ज रिफर गरिएको छ ।
घाइते बोहराको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ब्रेक फेल हुँदा जिप दुर्घटना भएका हो ।