नेकपा सचिवालय बैठक सुरु, मन्त्रिमण्डल फेरबदलसँगै सभामुख चयनकाे विषयमा छलफल हुने
(काठमाडौँ) नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।पार्टी एकताको अन्तिम टुंगो लगाउन र मन्त्रीमण्डल हेरफेरबारे छलफल गर्न बैठक बस्न लागेको नेकपाले जनाएको छ ।
यसअघि हिजो बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज छलफल गर्न लागेको नेकपाले जनाएको छ । २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएर नेकपा बनेपनि एकता प्रक्रिय अझै टुंगिएको छैन ।बैठकमा चीनका राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणबारे पनि समिक्षा हुदैछ ।
नेकपाका कतिपय नेताहरूले पार्टी एकता प्रक्रियाको अन्तिम टुंगो लगाउने सँगसँगै नयाँ मन्त्रीहरूबारे पनि छलफल हुने जनाइएको छ ।