अछाममा खोलामा डुबेर २ बालकको ज्यान गयो
अछाम- खोलामा डुबेर शनिबार २ बालकको ज्यान गएको छ ।जिल्लाको मंगलसेन नगरपालिका ७ जनालिबण्डालीको भैसले खोलामा डुबेर ११ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईको ज्यान गएको हो ।
शनिबारको दिन गाउँका ५ ,६ जना बालबालिका बिहान बाख्रा चराउन गोठालो गएका बेला उनिहरुको डुबेर मृत्यु भएको घटनास्थल पुगेका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारि दिए ।
शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसेन र्पुयाइएको छ ।