कैलालीमा टिप्पर दुर्घटनामा हुँदा एक जनाको मृत्यु एक जना गम्भीर घाईते
कैलाली । कैलालीमा टिप्पर दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन ।
आज बिहान बुडरबाट धनगढी तर्फ आउँदै गरेको से १ क ६९७ नम्बरको टिप्पर चुरे गाउँपालिको भीमदत्त राजमार्ग अन्तरगत धप्रेनी स्थितमा दुर्घटना हुँदा टिप्पर चालक नरेन्द्र थापाको घटनास्थलमै मृत्यु भएको हो ।
तेस्तै टिप्परका सहचालक पदम सुर्जा गम्भीर घाइते भएका छन् ।अनियन्त्रित भई सडकबाट टिप्पर करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
टिप्पर दुर्घटनामा परि टिप्परका सहचालक पदम सुर्जा गम्भीर घाइते भएका छन् । उनको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।