क्रिकेटर सन्दीप लामिछानेलाई दियो अमेरिकी दूतावासले भिसा
काठमाडौं २८ साउन । अन्ततस् अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ। मंगलबार बिहान भिसा दिन अस्वीकार गरेको दूतावासले ुरिभ्युु का लागि बोलाएर भिसा दिएको हो। आफूलाई भिसा दिएको पुष्टि सन्दीप स्वयम्ले ट्विटरबाट गरेका छन्। दूतावासले सन्दीपलाई भिसा दिएको नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमन शिवाकोटीले बताएका छन्।
२१ अगष्टबाट शुरु हुन लागेको क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागिता जनाउने तयारीमा रहेका सन्दीप भिसाका लागि मंगलबार बिहान महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेका थिए। तर उनलाई दूतावासले भिसा दिन अस्विकार गरेको थियो।]
\राष्ट्रिय क्रिकेटरका रुपमा सन् २०१६ देखि देश(विदेशका विभिन्न लिग खेलिसकेको क्रिकेटरको भिसा दिन दूताासले अस्वीकार गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो।