डडेल्धुरामा जीप दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
डडेल्धुरा ११ भाद्र । डडेल्धुरामा जीप दुर्घटना हुँदा घटनास्थलमै एकजनाको मृत्यु भएको छ । बुधबार बिहान १० बजेतिर जिल्लाको भागेश्वर गाउँपालिका–४ सेरागाड स्थित देवल दिव्यपुरबाट सदरमुकाम डडेल्धुरा आउँदै गरेको म १ज२१० नम्बरको जीप दुर्घटना हुँदा बैतडीको पाटन नगरपालिका–३ का ६५ वर्षीया मानमती चन्दको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा ३ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।
यक्त दुर्घटना कच्ची सडकको घुम्तीमा जीप अनियन्त्रित भइ पल्टिएको हुन सक्ने प्रहरीको प्रारम्भिक जानकारी छ। अन्दाजी १६ जना यात्रु बोकेको जीपका चालक जयराज भट्ट भने फरार रहेको त्रर चालक भट्टको खेजि भने भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।