अमेरिकामा रोकिएन गोली काण्ड, बन्धुकधारीले लिए २० जनाको ज्यान
काठमाण्डौ १९साउन । अमेरिकाको टेक्सासमा बन्दुकधारीले गोली चलाउँदा २० जनाको ज्यान गएको छ। एलपासो शहरमा एक बन्धुकधारीको आत्रमणमा परी अन्य २४ जना घाइते भएका छन्। एलपासो शहरको सिएलो भिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गोलीकाण्ड भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अन्धाधुन्ध गोली चलाएको आरोपमा २१ वर्षका व्यक्ति पक्राउ परेका छन्। उनी एक्लैले गोली चलाएको प्रहरीको अनुमान छ। उनको नाम प्याट्रिक क्रुसियस रहेको अमेरिकी अधिकारीले जनाएका छन्। उनी डालास क्षेत्रका बासिन्दा हुन्।
आरोपितलाई पक्राउ गर्न गोली नचलाएको स्थानीय प्रहरी जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटना निकै दुःखद भएको बताएका छन्। अमेरिकी नागरिकलाई हतियार राख्न पाउने अधिकारले यस्ता घटनाहरु बारम्बार हुने गरेका छन्। व्यक्तिलाई हतियार राख्न दिने कि नदिने भन्नेबारेमा ठूलो बहस हुँदै आएको छ।