बिहे रद्द गर्दा प्रेमिकाको १२ वर्षअघि भएको हत्याका अभियुक्तलाई प्रहरीले पक्राउ
काठमाण्डौ १२ श्रावण । ललितपुरको इमाडोलमा १२ वर्षअघि भएको हत्याका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–३ का ुसानुु भनिने ३७ वर्षीय राजेश लामा छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० टोलीले उनलाई शुक्रबार ललितपुरको सानेपाबाट पक्राउ गरेको हो ।
राजेशले १२ वर्षअघि मकवानपुरकी २२ वर्षीया युवती ुताराु भनिने सुनिता लामालाई इमाडोलस्थित कोठामा छुरी हानी हत्या गरेका थिए । हत्यालगत्तै फरार भएका लामालाई लामो अनुसन्धानपछि पक्राउ गरिएको सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी निरज शाहीले जानकारी दिए ।
प्रहरीका अनुसार सुनिता र राजेश एक अर्कालाई मन पराउथे । त्यसकारण, उनीहरूले परिवारकै सहमतिमा विवाहका लागि टीकोटालोसमेत गरेका थिए । तर, बिहेको दिन नजिकिँदै जाँदा सुनिताले राजेशसँग बिहे नगर्ने बताइन् ।सुनिताको निर्णयले आफ्नो प्रतिष्ठामा चोट पुगेको महसुस गर्दै राजेशले सुनिताको हत्या गरेको भनी स्विकारेको डीआईजी शाहीको भनाइ छ ।
आइतबार सीआईबीले पत्रकार सम्मेलन गरेर लामालाई सार्वजनिक गरेको हो । सुनिताको २७ पुस २०६४ मा हत्या भएको थियो ।