चुरियामाई नजिक कन्टेनरले किच्दा दुईजनाको मृत्यु, पाँच घाइते
काठमाण्डौ : हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाई नजिकै भारतीय मालवाहक कन्टेनरले किच्दा २ जनाको मृत्यु भएको छ। यो दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । सोमबार राति ११ बजे सामान बोकेको एनएलओआइडी ८०३१ नम्बरको मालवाहक १८ चक्के भारतीय नम्बर प्लेटको कन्टेनर राजमार्गमै बिग्रिएर सडक अवरुद्ध भएको थियो। क्रेनको सहायताले हटाउने क्रममा त्यही कन्टेनरले किचेर उनीहरुको मृत्यु भएको थियो ।
कन्टेनर उचालेर किनारा लगाउने क्रममा राजमार्गमा गुडिरहेको अटो, सुमो र मोटरसाइकललाई किचेको बताइएको छ ।