“बेटी पढाऊ, बेटी बचाऊ” महोत्तरीका दुई पालिकामा छात्राहरुलाई साईकल प्रदान
महोत्तरी । महोत्तरीको दुई पालिकामा छात्राहरुलाई साईकल वितरण गरेका छन । सोमबार दिउँसो महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका र सम्सी गाँउपालिकामा छात्राहरुलाई साईकल वितरण गरेको छ ।लोहारपट्टी नगरपालिकामा कक्षा १० मा अध्ययनरत ३ सय छात्राहरुलाई साईकल वितरण गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा नगरभरिमा रहेको ५ वटा माविमा अध्ययनरत सो छात्राहरुलाई जनही १, १ थानका दरले साईकल वितरण गरिएको छ ।
एक अपांग लाई १ स्कुटर र त्यस्तै नगरभित्र रहेका ५० जना जति स्वस्थ स्वयमसेविका लाई समेत साईकल वितरण गरिएको छ। नगरपालिकाले सोमवार एक कार्यक्रम मार्फद सम्पूर्ण लाई साईकल बितरण गरेका छन। आर्थिक बर्ष २०७५, ०७६ को वजेटमार्फत शिक्षातर्फ छात्राहरुलाई आकर्षित पार्न उद्देश्यले सो साईकल वितरण गरिएको नगरप्रमुख शैलेन्द्र कुमार यादवले जनाएका छन ।