त्रिशूली नदीमा ट्रक खस्दा दुईको मृत्यु, एक घाइते
काठमाडौं : चितवनमा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आज बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौं जाँदै गरेको ना७ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा एकजना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प्रहरीका अनुसार घाइते र मृतक दुवैको परिचय खुलेको छैन । अहिले नदी किनारबाट मृतकको शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ ।