रोल्पामा नेकपाका इन्चार्च सहित ५ जना गिराफ्तार
रोल्पा। नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा रोल्पाको गंगादेव गाउपालिका इन्चार्च र माडी गाउपालिका इन्चार्च सहित ४ जना प्रहरी द्वारा गिरफ्तार परेका छन् । उनीहरु घर्तिगाउँको पेदिखोला ढाडबासबाट पक्राउ परेको जनाएको छ । उनीहरु सुतिरहेको बेला बिहान करिब १ बजे ९राती० पक्राउ परेको आफन्तले बताएका छन् । पक्राउ पर्नेहरुमा रोल्पा गंगादेब गाउपालिका इन्चार्ज सन्दिप, माडी, गाउँपालिका इन्चार्ज स्याम संगै अन्य कार्यकर्ताहरु देब बहादुर ओली, ‘दिनेश’ र गणेशलाई पक्राउ गरेको बताएको छ छ ।पक्राउ गरे लगतै उनीहरुलाई रोल्पा नगरपालिका लिबाङ्ग लिएको जनाएको छ । रोल्पा नगरपालिका लिबाङ्ग टुडिखेलमा गद्दाफी चिया पसल भनेर चिन्निने ‘जलजला टी एण्ड कफी पसल’का ब्यबसायी देउराम सुनार प्रहरीले पक्राउ गरेको समाचार प्राप्त भएको छ । स्रोतका अनुसार सुनार हिरासतमा बसेका व्यक्तिहरुलाई चिया पुर्याउन गएको बेला बुधबार दिउसो पक्राउ परेका हुन्। पक्राउ पर्नुको कारण स्पष्ट नभएपनि प्रतिबन्धित नेकपाको आस्थावान भएकै कारण गिरफ्तार भएको हुनसक्ने अनुमान गरिको छ । उनलाई अहिले हिरासतमै रखिएको छ ।